अनलाईन कारोबार प्रणाली (NOTS र TMS )मा देखा परेका समस्याहरुको गहिराई र प्रणाली निर्माण तथा कार्यान्वयनमा लागु गरिएको प्रक्रियाबारे जानकारी माग्दा नेपाल स्टक एक्सचेन्जले सबै कागजात गोप्य रहेको भन्दै लुकाउने प्रयास गरेको छ ।

तीन महिनापछि खुलेको बजारमा शेयर किन्नै पाईएन भन्ने लगानीकर्ताको गुनासो

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ साल कार्तिक २० गते राजधानीको पाँच तारे होटलमा धुमधामका साथ अनलाईन प्रणालीको उद्घाटन गरेका थिए

शेयर लगानीकर्ता कुमार सिटौलासहित तीन जना लगानीकर्ताले नेप्सेमा जेठ ३२ गते  अनलाईन प्रणाली निर्माण र संचालन सम्बन्धी कागजात र सूचना माग्दै निवेदन पेश गरेका थिए तर नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले लगानीकर्ताको निवेदन नै गायब पारी कागजात र सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी परेको छ ।

अनलाईन कारोबार प्रणालीले राम्रोसँग काम नगरेपछि शेयर बजारका लगानीकर्ताहरुले बारम्बार हैरानी ब्यहोर्नु परेको छ । प्रणालीमा आबश्यक सुधार र बैंक तथा हितग्राही खाता ईन्टिग्रेट हुन नसकेपछि लगानीकर्ताले कोरोना संकट र लकडाउनका बीचमा घरैमा बसी कारोबार गर्न नपाई तीन महिना भन्दा बढी समय बजार बन्द गर्नु पर्यो ।

असार १५ गते खुलेको शेयर बजारमा पनि कारोबार प्रणालीमा खराबी देखिएर धेरै लगानीकर्ताले कारोबार गर्न नपाएपछि नेप्से विरुद्ध आक्रोश सिर्जना भएको  छ । कारोबार  खोल्नु अघि नेप्सेले धितोपत्र बोर्डमा प्रणालीमा आबश्यक सुधार भएको दावी प्रस्तत गरेपछि बोर्डले लगानीकर्ताका अगुवाहरुलाई प्रणालीका कारणले कारोबार संचालनमा कुनै समस्या नपर्ने प्रत्याुभति गरेको थियो तर असार १५ गते कारोबारमा आएको समस्याले नेप्से र बोर्डले लगानीकर्तालाई गरेको प्रत्याुभतिको खिल्ली उडेको छ । प्रणालीमा यतिसम्म खराबी देखियो कि कारोबार भएको रकम समेत नेप्सेको वेजसाईटले सही देखाउँन सकेन ।

प्रणालीमा भएका पछिल्ला परिवर्तनहरुबारे ब्रोकर र लगानकिर्तालाई बेलैमा जानकारी नगराउँदा कारोबार लिमिट लिन समस्या भएको थियो । धेरै लगानीकर्ताहरुको युजर आईडी निस्क्रिय देखिएको थियो ।

कारोबार खोल्नु एक साता अघि नै धितोपत्र बोर्डले नेप्सेलाई पत्र लेखेर कारोबार प्रणालीमा आबश्यक सुधार गरी ठीक गर्न, बैंक र हितग्राही खाता ईन्टिग्रेट गर्न भनेको थियो । बोर्डले भने अनुसार नेप्सेबाट आबश्यक सुधार नभई झुटो दावी गरिएकाले असार १५ गते धेरै लगानीकर्ता कारोबार गर्नबाट बंचित रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here