गुरुप्रसाद न्यौपाने समूहको बर्चस्व रहेको अपी पावरले खुद नाफा बढाएर बित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९२ प्रतिशतले बढाएर ७ करोड ३१ लाख ६४ हजार रुपैंया खुद नाफा कमाएको छ जब कि उसले गत आर्थिक वर्षको यसै अवधिमा अपिले ३ करोड ८१ लाख मात्र खुद नाफा गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ३४ लाख आय गरेको छ ।

१ अर्ब १९ करोड चुक्ता पूँजी रहेको अपीको प्रति शेयर आम्दानी ८ रुपैयाँ १९ पैसा कायम भएको छ ।

कम्पनीले ८.५ मेगावाट क्षमताको नौगड गाढ आयोजना संचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here