शेयर बजारमा दोस्रो दिन पनि अप्पर तामाकोशिको शेयरमा सर्किट लागेको छ । मंगलबारबाट उच्च रुपले बढेको अपर तामाकोशिको शेयरमा बुधबारपनि माग बढेर शेयरमुल्यमा सर्किट लागेको हो । ।

अपर तामाकोशिको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिदा अन्य हाइड्रोपावर कम्पनीहरुको शेयरमा पनि माग बढेर त्यस्तै सर्किट लागेको छ । बुधबार अधिकाँश हाइड्रोपावर कम्पनीहरुको शेयरमुल्य उच्च रुपले बढेको छ ।

बुधबार सबैभन्दा बढि नेपाल बैंकको शेयर कारोबार भयो भने बिहिबार बुकक्लोज गर्न लागेको प्राइम कमर्शियल बैंकको शेयरमा पनि लगानीकर्ताको धेरै आकर्षण देखिएको छ ।

सो दिन नेपाल बैंकको ६ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने प्राइम कमर्शियल बैंकको पनि ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर काराबार भयो । त्यस्तै शिवम सिमेन्टको ६ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुदा सानिमा माइ र अपर तामाकोशिको पनि ५ करोड भन्दा बढिको कारोबार भएको छ । बुधबार उच्च कारोबार गर्ने १० कम्पनीमध्य ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन ।

अरुण भ्याली, अप्पर तामाकोशि, अरुण कावेली, हिमालयन पावर पार्टनर, रैराङ हाइड्रोपावर र अपि पावरको शेयरमुल्य सबैभन्दा बढि झण्डै १० प्रतिशतले बढेको छ ।

सो दिन घलेम्दी हाइड्रोपावरको शेयरमुल्य भने उच्च रुपले घटेको छ । बुधबार घलेम्दी हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशतभन्दा बढिले घट्दा हिमालयन डिस्टीलरीको ६ प्रतिशत र शिवम सिमेन्को ५ प्रतिशतले तल झरेको छ ।

कारोबारमा आएका ११ वटा समुहमध्य २ वटा समुह नकारात्मक देखिए भने अन्य सबै समुह सकारात्मक देखिएका छन । सो दिन उत्पादनमुलक र म्युचल फण्ड समुह नकारात्मक देखिदा हाइड्रोपावर समुह सबैभन्दा बढि ६८ अंक अर्थात ५ प्रतिशतले बढेको छ ।

बुधबार शेयर बजारमा ९६ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुदा नेप्से परिसुचक ७.४९ अंकले बढेर १३१९.६३ अंकमा कायम रह्यो ।

शेयरको मूल्य बढ्दै जाँदा जोखिमको मात्रा पनि बढ्दै जाने हुँदा लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था, लाभांश पाउने संभावना र आफ्नो जोखिमबहन क्षमता हेरेर लगानी गर्नु अति आबश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here