प्रधानमन्त्री केपी ओलीका अति विस्वास पात्र अर्थमन्त्री डा युवराज खतिवडाले राज्य शक्तिको दुरुपयोग कसरी गरेका छन् भन्ने उदाहरण कर्मचारी र सर्बसाधारणको डेढ खर्ब हाराहारीमा निक्षेप रहेको नागरिक लगानी कोषमा उनका ज्वाइँले गरेको रजाइँले प्रष्ट पार्छ ।

ससुरा अर्थमन्त्री नियुक्त भएपछि ज्वाइँ डा. रामशरण खरेल राष्ट्र बैंकको विराटनगर शाखाबाट तानेर आफ्नो सल्लाहकार मात्रै बनाएनन्, उनलाई नागरिक कोष जस्तौ झण्डै डेढ खर्ब बराबरको निक्षेप रहेको संस्थाको संचालकमा पनि मनोनित गरे । विरटानगर शाखामा हुँदा झुत्रा नोट नस्ट गर्ने प्रक्रियामा बदमासी गरेको भनी आक्षेप खेपेका आफ्ना ज्वाइँलाई काज सरुवा गरेर सल्लाहकार बनाउनु र नागरिक लगानी कोषको संचालकमा मनोनीति गर्नुको रहस्य के थियो भन्ने बिस्तारै खुल्दै जान थालेको छ ।

यसपल्ट ससूरा र ज्वाइँले मिलेर बनाएको देशको बजेटको गोपनियता अगाडि नै ब्यापारीहरुवीचमा चुहाईएको खुलासा भएपछि ब्यापक आलोचना भएकै छ । त्यसैगरी नागरिक लगानी कोषमा पनि प्रमुख कार्यकारी रमण नेपाललाई परिचालन गरेर ज्वाइँ ससुराले मनलाग्दी गरेको स्रोत दावी गर्छ । खरेलले नागरिक लगानी कोषको प्रभावशाली संचालकको हैसियत कायम गरेर नागरिक स्टक डिलर लगायतका संस्थागत संरचनामा आफ्नो स्वार्थ घुसाएको आरोप लागेको छ ।

नागरिक लगानी कोषको संचालक समिति

खरेलकै कारण नागरिक स्टक डिलर अगाडि बढ्न नसकेको बताईन्छ । नागरिक लगानी कोषलाई शेयर बजारमा लगानी गर्न पनि खरेलले नै रोक्दै आएका छन् ।जब कि कोषको मूख्य काम नै शेयर बजारको बिकास हो ।

पूँजी बजारको उद्धार गर्न नागरिक लगानी कोषले पहलकदमी लिनुपर्ने आवाज उठ्दै आए पनि खरेलले आफ्ना ससुराको निर्देशनमा कोषलाई बजारमा प्रभावकारी हस्तक्षेप गर्नबाट रोक्दै आएका हुन् । आफ्नै ज्वाइँलाई संचालकमा पठाएका खर्थमन्त्री खतिवडाले कोषसँग पूूँजी बजारमा लगानी गर्ने क्षमता नै नरहेको बहानाबाजी गर्दै आएका छन् ।

नेप्सेको समेत १० प्रतिशत हिस्सेदारी रहेको कोषमा नेप्सेकै चन्द्रसिंह साउद समेत संचालक छन् ।

पूँजी बजारलाई समस्याग्रस्त बनाउँन कम्मर कसेर लागेका अर्थमन्त्री तिवडालाई हटाउँन आवाज तीब्र हुँदै गएको बेला खरेललाई पनि नागरिक लगानी कोषबाट बर्खास्त गर्नुपर्ने आबश्यकता खटकिएको छ ।

हाल राष्ट्र बैंकको निर्देशको पदमा रहेको खरेल गभर्नर महाप्रसाद अधिकारीलाई समेत निर्देशित गर्ने हैसियत राख्छन् । यसको एउटै कारण आफ्ना ससुरा डा. युवराज खतिवडा अर्थमन्त्री हुनु हो । खतिवडाले नै अधिकारीलाई गभर्नरको पदमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here