अर्थ मन्त्रालय अन्तर्गतको उच्चस्तरीय बित्तीय क्षेत्र समन्वय समितिको बुधबारको निर्णयपछि के अब बीचमै शेयर कारोबार खुल्छ भन्ने प्रश्न उब्जिएको छ ।

धितोपत्र बोर्डले गत सोमबार पाँच कार्यदिनको लागि शेयर बजार बन्द गरेकोमा मन्त्रालयको निर्णयपछि के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।

अर्थमन्त्रीको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय समितिको बैठकले १ नम्बर निर्णयमै विश्वब्यापी रुपमा फैलिएको कोरोना १९ संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिंग, बीमा, धितोपत्र, कम्पनी दर्ता, बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायले निरन्तरता दिने भन्ने बाक्याँश परेको छ ।

सो निर्णयमा थप अगाडि भनिएको छ, साथै कुन कुन सेवा कुन क्षेत्रबाट दिने हो सो को संचार माध्यमबाट सेवागा्रहीलाई जानकारी दिने ।

धितोपत्र बोर्डले बकाईदाले निर्णय गरेर शेयर बजार बन्द गरिसकेको अबस्थामा बीचमै शेयर कारोबार खोल्न कसरी संभव छ ?

यस बारेमा धितोपत्र बोर्डका प्रबक्ता निरज गरिीलाई सम्पर्क गरी बुझ्दा उहाँले मन्त्रालयमा भएको निर्णय र शेयर कारोबार नै खोल्ने भन्ने कुरा आफुलाई थाहा नभएको बताउनु भयो ।

उहाँले धितोपत्र बोर्ड र सम्बद्ध निकायहरुका कार्यालयसम्म खोले पनि बीचमै कारोबार हुन संभव नभएको स्पष्ट पार्नुभयो ।

देशभर लकडाउनको अबस्था रहेको शेयर बजार बन्द हुनु अगावै धेरै लगानीकर्ता राजधानी बाहिर गईसकेको, जिल्लाहरुमा रहेका लगानीकर्ता मध्ये धेरैसँग अनलाइृन प्रणालीमा पहूाच नभएको, सोमबारपछि ब्रोकर, मर्चेन्ट बैंक र क्यापिटलका धेरै कर्मचारी विदामा बसेको लगायतको अबस्था हेर्दा तत्काल शेयर कारोबार खुल्ने भन्ने भ्रम पार्नु अर्थहिन हुने देखिन्छ । बरु संक्रमण बढेर लकडाउनको अवधि लम्बिए शेयर कारोबार खोल्न अरु धेरै समय लाग्नसक्ने संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here