आँखुखोला जलविद्युत कम्पनीले स्थगित साधारणसभा पुनः माघ १४ गतेलाई बोलाएको छ ।

कोरम नपुगेका कारण स्थागित भएको साधारण सभा सम्पन्न गर्न आँखुखोला जलविद्युत कम्पनीले पुनः साधारण सभाको घोषणा गरेको हो ।

कम्पनीले माघ १४ गते नक्साल बैङ्क्वेट, नक्सालमा आफ्नो ११ औँ र १२ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।
कम्पनीले पुस २८ गते बोलाएको साधारणसभामा शेयरधनीको कोरम नपुगेका कारण सभा स्थगित भएको थियो ।
साधारणसभामा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका एजेन्डा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here