आरएमडिसी लघुवित्तको ९ लाख ९९ हजार २ सय ४८ कित्ता बोनस शेयर नेप्सेले शुक्रबार धितोपत्र बजारमा सुचिकृत गरेको छ ।

लघुवित्तले गत पुस १० गतेसम्म कायम आफ्ना शेयरधनीहरुलाई १२.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही बोनस शेयर आज नेप्सेले सुचिकृत गरेको हो ।

यसका साथै लघुवित्तले आफ्ना शेयरधनीहरुलाई कर प्रयोजन सहित १२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो जुन यसअघिनै शेयरधनीको बैंक खातामा पठाईसकिएको छ ।

बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here