आरएसडिसी लघुवित्तले राष्ट्र बैंकको निर्देशनपछि प्रस्तावित लाभांश प्रस्ताब परिमार्जन गर्न बाध्य भएको छ ।

लघुवित्तले लाभांश परीमार्जन गरी गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गने भएको छ ।

कम्पाीको गत असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश र ५ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेपनि राष्ट्र बैंकको निर्देशनपछि असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घटाएर बोनश शेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै उक्त बैठकले रमा बस्याललाई स्वतन्त्र सत्तचालकको रुपमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ रहेको छ । उसले गत आर्थिक बर्षमा ३ करोड ७७ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानि १० रुपैयाँ ७८ पैसा कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here