इन्भेष्टमेन्ट बैंकसँग एक्वीजिसनमा जाने सम्झौता गरेको जेबिल्स फाइनान्सले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ ।

फाइनान्सको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हालै बिक्री गरेको ४० प्रतिशत हकप्रद शेयरपछि कायम हुने चुक्त्ता पुँजीको १ दशमलव २४ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १ दशमलव ७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

कम्पनीले गत असार १० गतेदेखि साउन २८ गतेसम्म २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा बिक्री नभएका शेयरहरु फाइनान्सले लिलामीमार्फत बिक्री गरीसकेको छ । हकप्रद लिलामपछि कम्पनीको चुक्ता पुँजी  ८० करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here