कोरोना संक्रमणको सन्त्रास कम गर्न ई सेवाले ग्राहकलाई घरैमा बसेर निशूल्क सेवा लिन आग्रह गरेको छ ।

ई सेवाबाट बैंक खातामा रकम नि शुल्क पठाउन सकिने भएको छ ।

अप्रिल ३० सम्मका लागि यस्तो सुविधा दिइएको हो । ई सेवामार्फत इ सेवा खातामै ट्रान्स्फर गर्दा यस अघि नै सेवा निःशुल्क थियो ।

कोरोना त्रास बढेका कारण केही समयका लागि अब बैंक ट्रान्स्फर पनि निःशुल्क गरिएको हो ।

इ सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुुल भुक्तानी गर्न सकिन्छ । यसैगरी, मोबाइल तथा अन्य सेवाको रिचार्ज, हवाइजहाज, बस टिकट, स्कुल तथा कलेजका शुल्क पनि तिर्न सकिन्छ ।

इ सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट पनि सजिलै ई सेवामा रकम जम्मा गर्न तथा इ सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here