दोस्रो बजारमा प्रतिकित्ता शेयर मूल्य २० हजार भन्दा माथि रहेको उत्पानमूलक कम्पनी युनिलिभरले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा नगन्य मात्रामा नाफा बढाएको छ । गत आवको तुलनामा कम्पनीको नाफा ८ दशमलव ६१ प्रतिशतले बढेर २७ करोड ३६ लाख रहेको छ । गत आवमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ कमाएको थियो ।

खुद नाफामा सामान्य सुधार भएसँगै प्रतिशेयर आम्दानीमा पनि सुधार भएर २९७ रुपैयाँ कायम भएको छ । जुन गत आवमा २७४ रुपैयाँ रहेको थियो ।

कम्पनीले चैत मसान्त सम्ममा आफ्ना उत्पादनहरुको विक्रीबाट १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा २७ करोड २० लाख रुपैयाँले ब्यापार बढेको देखिन्छ । अन्य आम्दानीतर्फ १२ करोड ३० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा दुई अर्ब ९ करोड ५२ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २ हजार ३७६ रुपैयाँ रहेको छ ।

उता, अर्को उत्पादनमूलक कम्पनी हिमालयन डिस्टिलरीको नाफामा ठूलो वृद्धि देखिएको छ । कम्पनीका उत्पादनहरुको व्यापार बढेपछि कम्पनीले यस अवधिमा ३२ करोड ७१ लाख खुद नाफा गरेको हो । गत आवमा कम्पनीले १० करोड ३२ लाख मात्रै कमाएकोमा झण्डै ७९ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

तेस्रो त्रैमास सम्मको कमाईको आधारमा हिमालयन डिस्टिलरीको प्रतिशेयर आम्दानी ८४ रुपैयाँ ८३ पैसा कायम हुन्छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव ९१ गुणा हुन्छ । अहिलेकै गतिमा कमाइ हुने हो भने चौथो त्रैमाससम्मा प्रति शेयर आम्दानी ११३ रुपैयाँ पुग्ने देखिन्छ । कम्पनीको प्रति शेयर नेटवर्थ २६९ रुपैयाँ८४ पैसा रहेको छ ।

पछिल्ला केही दिन यता यस कम्पनीको शेयर मूल्य उचालिएर २ हजार माथि पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here