लगानीकर्ताको ब्यापक विरोध हुँदाहुँदै केही ब्रोकरहरुको जोड बलमा नेप्सेले लागु गरेको एउटा डिम्याट खाताबाट एक ठाउँमा मात्र कारोबार गर्न पाउने नियम आखिरमा ब्रोकरहरुलाई नैै गलपाँसो सावित भएको छ ।

एउटा लगानीकर्ताले एउटा डिम्याट दुई वा दुई भन्दा बढी कारोबार खातामा आबद्ध गरेर कारोबार गर्न नपाउँदा ब्रोकरहरुकै बीचमा लगानीकर्ताहरुको तानातान भएको छ । ठूला लगानकिर्ताले एउटा मात्रै ब्रोकरबाट कारोबार गर्न थालेपछि ब्रोकरहरुवीचमा बैमन्स्यता पैदा भएको पाईएको छ ।

ठूला खेलाडीहरुले यसअघि एकै दिन एउटै डिम्याट प्रयोग गरी दुई वा दुई भन्दा बढी ब्रोकरबाट किनबेच गर्दै आएका थिए । यसले ब्रोकरहरुको कारोबार बढाउँन भुमिका खेलेको थियो ।

अहिले एउटा डिम्याटबाट एक भन्दा बढी ब्रोकरको कारोबार खाता आबद्ध गरी कारोबार गर्न नसकिने बनाईएको छ । यसो हुँदा एउटा कुनै ब्रोकर समस्यामा पर्ने वा लिमिट सकिने अबस्था आएमा लगानीकर्ताले कारोबारबाट बंचित हुनुपर्ने हुन्छ । एउटा डिम्याट बहु ब्रोकरको कारोबार खातामा आबद्ध गरिए लगानीकर्ताले आफुलाई मन लागेको वा पायक परेको ब्रोकरबाट कारोबार गर्न सक्छन् ।

अहिले एउटै डिम्याट खाता दुई वा दुई भन्दा बढी ब्रोकरको कारोबार खातामा आबद्ध भएकाले कयौं लगानीकर्ताहरु किनबेचबाट बंचित रहेका छन् । अरु सबै कारोबार खाता निस्क्रिय गरी एउटै मात्र ब्रोकरमा कारोबार खाता संचालन नगरिएसम्म लगानीकर्ताले किनबेच गर्न नपाउने अबस्था छ ।

एउटा डिम्याट खाता एउटा ब्रोकरमा मात्रै लागु हुँदा कयौं ब्रोकरले आफ्नो पुल एकाउन्टमा भएको शेयर डिम्पाटमा पठाएर बेच्ने प्रक्रिया अगाडि बढाउँन सकेका छैनन् । शेयर किनेर पैसा नतिर्ने लगानीकर्ताको शेयर बिक्री गरेर रकम असुल गर्ने प्रक्रियामा ब्रोकरहरुलाई धक्का लागेको छ ।

अहिले दुई वटा मात्र डिम्याट खाता खोल्न सकिने ब्यवस्था रहेकाले लगानीकर्तालाई ब्रोकरैपिच्छे पुग्ने गरी डिम्याट खाता खोल्न बाधा छ । लगानीकर्ता र ब्रोकरलाई परेको समस्या समाधानका लागि एउटा डिम्याट खाता धेरै वटा ब्रोकरको कारोबार खातामा आबद्ध हुनसक्ने ब्यवस्था गर्नुपर्ने आवाज लगानीकर्ताहरुले उठाएका छन् ।

केही ब्रोकरहरुले नेप्सेसँग नयाँ ब्यवस्थाले आफुहरुलाई कारोबार गर्न बाधा परेको भन्दै हटाउँन पहल गरिरहेका बुझिएको छ ।

अहिलेको अनलाईन कारोबार प्रणालीमा तीन वटासम्म डिम्याट खाता अन्तर आबद्ध गर्नसकिने ठाउँ बनाई पनि एउटा मात्र खाता आबद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here