एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनार्थ आगामि चैत ७ गते देखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

एक्सेल बैंकले वितरण गर्न लागेको १७.१० प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।

बैंकको चौधौं बार्षिक साधारण सभा चैत २० गते होटल होलिडे होम, विर्तामोड, झापामा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

उक्त साधारणसभाले चैत ६ गतेसम्म कायम आफ्ना शेयरधनीहरुलाई १७.१० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६२ लाख ३४ हजार ६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकको १३ औं बार्षिक साधारणसभाले सो समयमा कायम चुक्ता पुँजीको ५५ प्रतिशतका दरले ३८ लाख ९ हजार ७ सय ६ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेकोमा उक्त हकप्रद शेयर निष्काशन बाँकि रहेको कारण अब प्रस्तावित बोनस शेयर वितरण भई कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत आगामि साधारणसभाले पारित गर्नेछ ।

यसका साथै यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्न गाभिन वा प्राप्तीसँग सम्बन्धित गर्न आवश्यक सम्पुर्ण काम गर्ने अख्तियारी १३ औं बार्षिक साधारणुसभाले सञ्चालक समितिलाई दिईएकोमा सोलाई नै निरन्तरता दिनेछ ।

बोनस शेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here