शेयर बजारमा लगानी गर्ने हितग्राही अर्थात डिम्याट खाता खोल्नु चाहनुहुन्छ भने अब एनआईसी एशिया बैंकको सहायक कम्पनीले एक रुपैयाँमै त्यस्तो खाता खोलिदिने भएको छ ।

अरुकम्पनीकोमा १५० रुपैयाँ लाग्ने डिम्याट खाता खोल्न एनआईसी एशिया क्यापिटलमा जम्मा एक रुपैयाँ तिरेपुग्छ ।
धितोपत्र बोर्डले सञ्चालन गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ लाई उत्साहित गर्न एनआईसी एसिया क्यापिटलले एक रुपैयाँमा डिम्याट खाता खोलीदिने योजना ल्याएको हो ।

बैंकले पुस १६ अर्थात जनवरी १ देखि लागु हुने गरि आएको यो योजना आर्थिक बर्ष २०७६/७७ अषाढ मसान्त सम्म रहने छ भने उक्त अवधिभर खाता सञ्चालनमा लाग्ने खर्च समेत छुट गरिएको बताइएको छ ।

सिडिएससिले निःशुल्क डिम्याट खाता खोल्न पाइने भनि धोषणानै गरेतापनि कार्यान्वनमा आउन सकेको भने थिएन । सो निर्णयको बारम्बार उल्लंघन भएपछि एनआईसि एसिया क्यापिटलले भने उत्साह देखाएको छ ।

यो योजनाले विशेष गरि महिला, विद्यार्थी, नयाँ लगानीकर्ता तथा ग्रामिण भेगका आम जनमानसमा शेयर बजारमा लगानीप्रति रुचि जगाउने विश्वास गरिएको छ ।

कम्पनीहरुले बिक्रीमा ल्याउने प्राथमिक शेयर आईपीओ किन्न र दोस्रो बजारमा किनबेच गर्न डिम्याट खाता अनिबार्य रुपमा चाहिन्छ । यसलाई सहज रुपमा चलाउँन मेरो शेयर सफ्टवेयरको सुविधा लिएर इृन्टरनेटको सहायताले आफ्नो खाताको विवरण आफैले हेर्न र शेयर हस्तान्तरण गर्न समेत सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here