ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रममा एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५नयाँ शाखा कार्यालयहरु सञ्चालनममा लएको छ ।

बैंकले बैंकले सञ्चालनमा ल्याएको मध्यपुर थिमी नगरपालिका वडा नं. ६, भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापतिले, कागेश्वरी मनोहरा नगरपालिक ागोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाले, सूर्य विनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमल नाथ आचायले र चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगल चोक स्थित सतुंगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उत्घाटन गरे ।

बैंकले हाल देशभर २८१ शखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्र्दैे मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १५ लाख ग्राहक संख्या रहेको बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here