एनआई सी एशिया बैंक लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर प्रा.लि.बिच रेमिटेन्स सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार अब एनआई सी एशिया बैंकका ग्राहकहरुले स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम एनआई सी एशिया बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने भएका छन ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्धनिर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे ।

बैंकले हाल २८२ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ ।

करिब १६ लाख ग्राहक संख्या रहेको यस बैंक निजि स्तरबाट सञ्चालित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक बन्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here