एनएमबि माईक्रोफाइनान्सले पुराना शेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निष्काशन गरेको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।

संस्थाले आफ्ना पुराना शेयरधनीहरुका लागी निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयर नेप्सेमा फागुन १८ गते सुचिकृत भएको छ ।

लगानीकर्ताले दास्रो बजारमा प्रोफिट बुक गर्न थालेपछि शेयरमुल्य दोस्रो बजारमा ६.६३ प्रतिशत अर्थात् ७४ रुपैयाँले घटेकै दिन हकप्रद शेयर सुचिकृत भएको छ।

हकप्रद निष्काशन प्रयोजनार्थ कात्र्तिक ७ गते बुक क्लोज गरेको संस्थाले कात्र्तिक ६ गतेसम्म कायम शेयरधनीहरुलाई पुस २० गते उक्त हकप्रद बाँडफाँड गरेको थियो ।

हकप्रद निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी ४० करोेड ५० लाख १५ हजार रुपैयाँ कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here