एनएलजी इन्सुरेन्सको ६० प्रतिशत हकप्रद सेयर फागुन २२ गते बाट बिक्री खुला हुने भएको छ ।

कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एनएलजीले हकप्रदका लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ तसर्थ माघ २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । आवेदन चैत १२ गतेसम्म खुल्ला हुनेछ ।

एनएलजीको हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

कम्पनीको हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ कायम हुनेछ ।

इन्स्युरेन्सको हकप्रद निष्काशक तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लि. रहेको छ ।

Prospectus of _Right Share of NLG Insurance Co.Ltd

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here