एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत बर्षको तुलनामा ३.६४ प्रतिशत बढि ८ करोड ७५ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले ८ करोड ४५ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले खुद बिमा शुल्क गत बर्षको तुलनामा २१.२८ प्रतिशतले बढाएर ४३ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३५ करोड ८० लाख २६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको गत वर्ष ७४ करोड ९७ लाख २१ हजार रुपैयाँ रहेको बिमा कोष अहिले बढेर ८३ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । एनएलजीको खुद दाबी भुक्तानी ३० करोड ४६ लाख १९ हजार रुपैयाँ रहेको छ ।

ईन्स्योरेन्सको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड २१ लाख ४२ हजार रुपैयाँ सञ्चित छ ।

ईन्स्योरेन्सको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २७८ रुपैयाँ २१ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here