नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आफनो २२ औँ बाषिक साधारण सभा त्रिभुवन आर्मी अफिसर क्लब, टुडिखेलमा माघ १७ गतेलाई बोलाएको छ ।

साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताब गरेको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताब रहेको छ ।

साथै अन्य वित्तिय सस्था सँग मर्जर वा एक्युजिशन सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने एजेन्डा रहेको छ ।

बैंकले साधारणसभा प्रयोजनार्थ माघ ७ गते एक दिन बुकक्लोज गर्नेछ ।
हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here