नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बार्षिक साधारणसभा र लाभांश वितरण अड्काउने गरी एनबी समूहले अदालतमा हालेको मुद्धाको मंगलबार सुनुवाई भएको छ ।

उच्च अदालत पाटनले मंगलबार मुद्दाको सुनुवाई गर्दै बैंकमाथि एनबी ग्रुपले हालेको मुद्दा खारेज गरेको छ।

मंगलबार उच्च अदालत पाटनका मुख्य न्यायधिस कुमार चुडाल र न्यायधिस टेक प्रसाद ढुगांनाको संयुक्त ईजलासले बैंकमाथि परेको मुद्दा खारेज गर्दै बैंकलाई लाभांश वितरणको बाटो खोलीदिएको हो ।

यस अघि अदालतले एनसीसी बैंकमा गाभिएको ऐपक्स डेभलपमेन्ट बैंकको शेयर तथा लगानीको अलग हिसाब राख्न आदेश दिएको थियो ।

अदालतमा परेको मुद्धाका कारण एनसीसी बैंकले लाभांश घोषणा र बार्षिक साधारणसभा गर्न समेत नसकी राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न सकेको थिएन ।

एनसीसीले चुक्ता पूँजी कायम गर्न हकप्रद बिक्रीको निर्णय गरेपछि सांग्रिला इन्भेष्टेमन्ट प्राली, जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरीटीज प्राली, एनबी ग्रुप नेपाल प्राली, एनबी इन्भेष्टमेन्ट प्राली र एनबी मार्केट प्रालीले त्यसलाई विथोल्न एनसीसी बैंक र राष्ट्र बैंकलाई विपक्षी बनाएर उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

५० प्रतिशत हकप्रद बिक्री गरेर ७ अर्ब १ करोड चुक्ता पुँजी पुर्याएको बैंकलाई आठ अर्ब पुर्याउन अझै एक अर्बको बोनस शेयर वा अन्य उपायले पूँजी थप्नुपर्ने अबस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here