नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बार्षिक साधारणसभा र लाभांश वितरण अड्काउने गरी एनबी समूहले अदालतमा हालेको मुद्धाको सुनुवाई मंगलबारसम्म लम्बिएको छ ।

पाटन उच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैको अबस्थामा शुक्रबारबाट मंगलबारसम्म सरेको हो । पक्ष र विपक्षका कानून ब्यवसायीहरुको बहस नसकिएकाले मुद्धा लम्बिएको बताईएको छ । बैसाख २४ गतेदेखि उच्च अदालतमा मुद्धाको सुनुवाई हुँदै आएको छ ।

यस अघि अदालतले एनसीसी बैंकमा गाभिएको ऐपक्स डेभलपमेन्ट बैंकको शेयर तथा लगानीको अलग हिसाब राख्न आदेश दिएको थियो ।

अदालतमा परेको मुद्धाका कारण एनसीसी बैंकले लाभांश घोषणा र बार्षिक साधारणसभा गर्न समेत नसकी राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here