एभरेष्ट इन्स्योरेन्सले जेठ १४ गते मंगलबारदेखि ३०० प्रतिशत हकप्रद बिक्री खुल्ला भएको छ ।

कम्पनीले एक बराबर तीन शेयरको अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा बैशाख ८ गतेसम्म कायम भएका शेयरधनीले आवेदन गर्न पाउने छन ।

हाल २७ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले हकप्रद बेचेर बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने भएको छ ।

कम्पनीले यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो । अब इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद बेचेर चुक्ता पुँजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुर्याउने भएको छ ।

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, एभरेष्ट इन्स्योरेन्स तथा मेरो शेयरबाट असार १६ गतेसम्म आवेदन गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here