एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर वित्तिय विवरण सार्बजानिक गरेको छ ।

गत बर्ष २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षमा खुद नाफा २ करोड १२ लाख रुपैयाँले बढाएको छ ।

नौ महिनाको अवधिमा इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब ९१ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको बीमा कोषको आकार बढेर १५ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत बर्ष इन्स्योन्सको जिवन बीमा कोषमा १२ अर्ब ९ करोड रुपैयाँ थियो ।

चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको एशियन लाइफले जगेडा कोषमा २८ करोड ३४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २६ लाख रुपैयाँ राखेको छ ।

कम्पनीले हालसम्म १९ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९९ करोड ३ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ भने २ करोड ४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here