पोखराको ओम डेभलपमेन्ट बैंकलाई आफुमा विलिन गराउने सम्झौता गरेर पछाडि हट्दा अफ्ठेरोमा परेको प्राईम कमर्शियल बैंकलाई निक्षेप घटाईको अर्को मार आईलागेको छ ।

एक बर्ष अघि भन्दा अहिले निक्षेप चार अर्बले घटेपछि प्राईमको सीसीडी अनुुपात पनि बढेर गएको छ भन् खराब कर्जा बढ्दा सो वापतको नोक्सानी ब्यवस्था बढाउनु परेको छ ।

अर्को कुनै बाणिज्य बैंकसँग मर्जरको कुरा चलाउँदै गरेको प्राईमलाई आफ्नो अबस्था नसुधारी भएको छैन । यद्यपी उसको खुद नाफामा भने ३१ प्रतिशतको बढोत्तरी भएको छ, यसमा ब्याज आम्दानी बृद्धिको मुख्य आधार रहेको देखिन्छ ।

हेर्नुहोस्, प्राईमको अबस्था विश्लेषणः

राष्ट्र बैंकको संभावित कारबाहीले बैंकलाई अरु समस्यामा पार्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here