ओम डेभलपमेन्ट बैंकले प्राइम कमर्सियल बैंकसंग मर्जर तोडेर एनएमबी बैंकसंग मर्जमा जाने भएपछि उ्त्साहित बनेका ओम डेभलपमेन्ट बैंकका शेयर धनीहरुलाई बैंकले एकाएक निराश बनाएको छ । यस अघि प्रस्ताव गरेको १२ दशमलव ७० प्रतिशत बोनस शेयर नदिने गरी ओमले साधारण सभा डाकेपछि लगानीकर्ता निराश बनेका हुन ।

बैंकले लाभांश बिना नै साधारण सभा गर्नका लागि राष्ट्र बैंकसँग अनुमति मागेको छ । राष्ट्रबैंकले अनुमति दियो भने ओमका शेयर धनीहरुलाई गत वर्षको प्रस्तावित बोनस घाटा लाग्ने छ ।

प्राइमसंग एक्वीजिसनको प्रक्रिया भाँडिएपछि ओम डेभलपमेन्ट र एनएमबि बैंकबीच यही जेठ २ गते मर्जरमा जान सहमति भएको थियो । मर्जरको स्वाप रेसियोमा समेत असर पर्ने भएकोले ओम डेभलपमेन्ट बैंकको जेठ १० गते बसेको संचालक समितको बैठकले लाभांश बिनै साधारण सभा बोलाउन निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७५–०७६ को संयुक्ता नाफाबाट लाभांश वितरण गर्ने सहमति भएकाले ओमले प्रस्ताव गरेको लाभांश रद्द गरेको जनाइएको छ । एनएमबि बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने ओम डेभलपमेन्ट बैंकको २ अर्ब ५१ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here