केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को निर्णय गर्दा जनस्तरमा आलोचित र अन्ततः निर्णय नै फिर्ता गर्दै आएकोमा यसपल्ट भने पहिलो लोकप्रिय र एैतिहासिक निर्णय गरेको छ ।

भारतले ५८ वर्षदेखि कब्जा गरेको कालापानीदेखि लिम्पियाधुरासम्मको तीन सय १० वर्गकिलोमिटर क्षेत्रफलको भूमिसमेत समावेश गरेर सरकारले नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित गरेकोमा ओली सरकारको सर्बत्र प्रशंसा भएको छ ।

सोमबार सााझ बसेको मन्त्रिपरिषद बैठकले भुमि ब्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नेपालको नक्सालाई पारित गरेको थियो, जसमा भारतले अतिक्रमित लिम्पियाधुरासम्मको भुमि समेटिएको छ ।

मन्त्रिपरिषदले पारित गरेको नेपालको नयाँ नक्सालाई संवैधानिक र कानुनी वैधता दिने गरी तयारी पनि तीब्र पारिएको छ । यसका लागि नेपालको संविधान, २०७२ को भाग ३ मा निशानी परिवर्तनका लागि छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता गराईने भएको छ । प्रधानमन्त्री केपी ओलीले आज बस्ने दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रमअनुसार नक्सा परिवर्तन गरिएको संसदलाई जानकारी गराउने भएका छन् । त्यस लगत्तै विशेष कार्यक्रम गरेर नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिने जनाईएको छ ।

नक्सा परिवर्तन भएसँगै निशान छाप, पाठ्यपुस्तकहरू, सबै प्रशासनिक र अन्य प्रबन्धहरूमा प्रयोगमा आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here