काठमाडौँ । सरकारले कर असुलीमा कडाई गर्ने संकेत देखिएको छ । आन्तरिक राजस्व बिभागले चालु आर्थिक बर्षको दुई महिनामा राजश्व असुली सन्तोषजनक नभएको ठहर गरेकाले हरु कडाई गरेर कर असुली गर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

गत आवमा लक्ष्यभन्दा १११ प्रतिशत बढी अर्थात दुई खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो तर चालु आर्थिक बर्षमा निर्धारित लक्ष्य पुरा हुनेमा शंका उत्पन्न भएको छ ।

हालैबो बाढी र सम्पन्न स्थानीय तह निर्वाचनका कारण सन्तोषजनक राजस्व संकलन हुन नसकेको सरकारी अधिकारीहरुको भनाई छ। प्रदेश नं २ को तेस्रो चरणको स्थानीय निर्वाचन र मंसिर १० र २१ गते तय भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण यस बर्षको लक्ष्य प्रभावित हुने आँकलन गरिएको छ ।

 

आन्तरिक राजस्व विभागले भदौ २१ गते चालु आव २०७४÷७५ का लागि राजस्व असुली सम्बन्धी रणनीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here