कामना सेवा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाले पारित गरेको छ ।

आर्थिक बर्ष २०७५/०७६ को बाँडफाँड योग्य मुनाफबाट चुक्ता पँुजीको ६.८ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) राष्ट्र बैंकबाट स्विकृत भई सकेको छ ।

गत पुस १७ गते सम्पन्न बार्षिक साधारणसभाले उक्त ६.८ प्रतिशत अर्थात् १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ लाभांश प्रस्ताव स्विकृत गरेको माइन्युट प्रकाशन गरेको छ ।

साथै साधारणसभाले बैंकलाई मर्जर तथा एक्विजिसनमा जान आवश्यक सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here