कामना सेवा विकास बैंकले गत बर्षको कमाईबाट शेयरधाीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले शेयरधाीहरुलाई चुक्ता पुँजीको १ दशमलव ५० प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ८ प्रतिशत नगद लाभांश वितण गर्ने प्रस्ताव गरेको छ ।

 

हाल साढे २ अर्ब रुपैयाँ चुक्ता पुंजी रहेको बैंकको बोनस वितरणपछि चुक्तापूँजी २ अर्ब ५४ करोड हाराहारीमा पुग्नेछ ।

गत बर्षको चौथो त्रैमाससम्मा ३४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११.०५ रुपैयाँ कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here