कैलास बिकास बैंकले गत बर्षको खुद नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ ।

बैंक संचालक समितिको बैठकले चुक्त पूँजी दुई अर्ब ५२ करोडको १७ प्रतिशतका दरले नगद लाभांश बाँड्न ४२ करोड ८५ लाख रुपैयाँ प्रस्ताब गरेको हो ।

बैंकले गत बर्ष ५५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रति शेयर आम्दानी २२ रुपैयाँ कायम गरेको थियो ।

बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी कायम गरिसकेकाले बोनस शेयर भनेृ प्रस्ताव गरेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here