सरकारले कोरोना नियन्त्रण, रोकथाम र । राहतको काम गर्दा अहिलेसम्म १० अर्ब रुपैयाँ सकिएको जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हालसम्म ९ अर्व ८७ करोड रुपैया खर्च भएको विवरण प्रस्तुत गरेको छ ।

समितिका प्रबक्ता नारायणप्रसाद बिडारीका अनुसार केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च भएको हो ।

राहत कोषमा कोषमा हालसम्म २ अर्व ३२ करोड रुपैया जम्मा भएको जानकारी समितिले दिएको छ ।

सरकारले कोरोना संक्रमण बढेकाले अब संक्रमितहरुलाई आफ्नै घरमा बस्न, गंभीर अबस्था भए मात्र भेन्टिलेटर र अक्सिजन प्रयोगको लागि अस्पताल आउन भन्ने गरी स्वास्थ्य संकटकाल घोषणा गर्ने अन्तिम तयारी गरेको छ ।

जेठ २१ गतेसम्म दुई हजार तीन सय संक्रमित भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here