काठमाडौका घर धनी नै कोरोनाभाईरसबाट प्रभावितको सूचीमा आफुलाई उभ्याएर राहत लिने लाईनमा उभिए भन्ने समाचार आईरहेको बेला झापामा भने त्यस्तै राहत थाप्नेको घरमा १५ लाख रुपैयाँको नगदको बिटा भेटिएको छ ।

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ सुरुङ्गाको सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईले नगरपालिकाबाट कोरोना राहत थापेकोमा उनको घर जल्दा उद्धारपछि खानतलासी गर्ने क्रममा त्यति धेरै नगद फेला परेको हो ।

फोटोः हाम्रोमत डटकमबाट साभार

सामुदायिक बनको हातमा रहेको राईको घरमा शनिबार राति आगलागी भएपछि आगो निभाउन गएका स्थानीयले लाखौं रुपैयाँ फेला पारेका थिए, सो नगद प्रहरीलाई गन्न तीन घण्टा लागेको बताईएको छ । आगलागीमा कतिपय नोट जलेको भएपनि नम्बर भएकोले साट्न मिल्ने खालको भएको उल्लेख गरिएको छ ।

राई प्लाष्टिक टिपेर गुजारा चलाउँदै आएका थिए । राईको घरमा यति धेरै नगद कसरी जम्मा भयो भन्ने बारे अनुसन्धान शुरु भएको छ ।

राईले आफ्नो घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको साविति बयान दिएका प्रहरी स्रोतले बताएको छ ।

राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर कमाएको दावी गरेका छन् ।

आगलागीमा राईकोसँगै रहेका अमृता श्रेष्ठ र झकडबहादुर दर्जीको घर र धनमाल जलेको छ ।

सुरुंगा प्रहरी कार्यालयले जलेको अबस्थामा भेटिएको नगद र धनमाल आफ्नो नियन्त्रणमा रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here