सरकारले कोरोना फैलिएका ५५ देशबाट नेपाल आउनेहरुलाई पूर्ण रुपमा रोक्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री इश्वर पोख्रेलको अध्यक्षमा बसेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यी देशहरुबाट आउनेहरुलाई रोक्ने निर्णय गरेको हो । ५५ देशमा युरोपका सबै मुलुक, पश्चिम एसियाका देशहरु, खाडी क्षेत्र, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानलगायतका देशहरु पर्ने जनाईएको छ । ती देशको ट्रान्जिट बनाएर आउनेहरुलाई पनि शुक्रबारदेखि अप्रिल १५ सम्म रोकिएको छ ।

यात्रुले नेपाल सरकारद्वारा ट्राभल एड्भाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिईएको छ ।

सरकारले विदेशी बायु सेवाबाट हुने आवत जावतलाई कडाई गर्न थप रणनीति अख्तियार गर्नसक्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here