कोरोना संक्रमण रोेक्न गरिएको लकडाउनका कारण प्रभावित उद्योग ब्यवसायलाई सरकारले कर तथा शुल्कमा ७५ प्रतिशतसम्म छुट दिएको छ ।

बार्षिक २० लाखसम्म कारोबार वा दुई लाखसम्म आय गरेका करदातालाई चालु आर्थिक बर्षको आयकरमा ७५ प्रतिशत छुट हुने बजेट बक्तब्यमा उल्लेख छ । त्यसैगरी २० लाखदेखि ५० लाखसम्म कारोबार भएका करदातालाई ५० प्रतिशत र एक करोडसम्म कारोबार भएका ब्यक्तिलाई २५ प्रतिशत आयकर छुट बजेटले दिएको छ ।

२०७५ असार मसान्तसम्म कर विवरण नबुझाएका मूल्य अभिबृद्धि करमा दर्ता भएका करदाताले सो समयसम्मको मूल्य अभिबृद्धि कर र सो मा लाग्ने ब्याजको ५० प्रतिशत रकम आगामी फागुनसम्म बुझाएमा थप जरिवाना, सोमा लाग्ने ब्याज र बाँकी ब्याज मिनाहा हुने ब्यवस्था गरिएको छ । २०७३ असारसम्मको विवरण पेश नगर्ने करदाताको फागुनपछि दर्ता खारेज हुने जनाईएको छ ।

दर्ता खारेज हुने करदाताले कर ढिला विवरण पेश गरेका वा नगरेको कारणले लाग्ने जरिवाना मिनाहा गरिएको तर अन्य कर भने अभिलेख कायम गरी असुल गरिने आर्थिक बिधेयकमा उल्लेख छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विभिन्न क्षेत्रलाई प्रदान गरिएको कर छुट यस प्रकार छः

कोरोनाका कारण बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई चालू आवको आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट

पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्यवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक

गाउँपालिकामा सञ्चालित सबै प्रकारका सहकारीलाई आयकर छुट, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकामा सञ्चालित सहकारीका लागि क्रमशः पाँच, सात र १० प्रतिशत आयकर लाग्ने

रु २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, रु. २० लाखदेखि रु ५० लाखसम्म कारोवार गर्ने करदातालाई ५० प्रतिशत र रु. ५० लाखदेखि रु एक करोडसम्म कारोवार गर्ने करदातालाई २५ प्रतिशत आय कर छुट ।

लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष

महिला उद्यमीले सञ्चालन गरेका लघुउद्यमलाई तीन वर्ष थप गरी १० वर्ष

लघु बीममा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज

लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेशिनरी तथा कच्चापदार्थ एवं कृषि फार्म तथा कम्पनीले पैठारी गर्ने कृषियन्त्र उपकरण तथा धान, मकै, गहुँ र तरकारीको बीउ पैठारी गर्दा लाग्ने भन्सार महशुल छुट

प्राथमिक कृषिउपजको पैठारीमा लाग्दै आएको भन्सार महशुल तथा कृषि सुधार शुल्क वृद्धि गरिएको छ ।

औषधि उद्योगलाई आवश्यक पर्ने कच्चपदार्थको पैठारीमा मूल्य अभिवृद्धिकर छुट दिई त्यस्ता वस्तु स्वदेशी उद्योगीबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिइने व्यवस्था

बजेटले आयुर्वेदिक कच्चा पदार्थको भन्सार शुल्क खारेज

स्यानिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पिपिईएमा अन्तःशुल्क छुट

इन्टरनेट सेवा प्रदायकले फिक्स्ड ब्रोडव्याण्ड सेवा प्रदान गर्दा ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट ।
रेडियो तथा टेलिभिजन प्रसारण संस्थाले तिर्नुपर्ने कारोवार रकमको दुई प्रतिशत सेवा शुल्क घटाएर एक प्रतिशत कायम

चुरोट, सिगार, गुटखा, पान मसलामा स्वास्थ्य जोखिम करमा वृद्धि

हवाई इन्धन, एलपी ग्यासबाहेकको पेट्रोलियम पदार्थ र सुन तथा सुनको गहनामा लाग्ने भन्सार महशुल

सामुदायिक वनले साल र खयर जातका काठ उपभोक्ता समूह बाहिर बिक्री गर्दा लाग्दै आएको १५ प्रतिशत वन पैदावार शुल्क खारेज

स्वदेशी फर्निचरको संरक्षण गर्न सबै प्रकारको फर्निचर पैठारीमा अन्तःशुल्क खारेज

औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरमा छुट

खानेपानी तथा सरसफाइ उपभोक्ता समूहलाई आयकर नलाग्ने व्यवस्था गरी चालू आवमा निर्धारण भएको आयकर मिनाहा

वार्षिक २० लाखसम्मको कारोवार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एपलगायत विद्युतीय माध्यमबाट बुझाउन सक्ने र बैंकबाट भुक्तानी गर्दा आय विवरणसमेत बुझाउन सक्ने । रु. २० लाखसम्म कारोबार भएका र कर बक्यौता नरहेकाले अनलाईनबाटै कर चुक्ता प्रमाणपत्र लिनसक्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here