कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा नेपालमा तीब्र रुपमा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार मंगलबार रातिसम्म देशभर संक्रमितको संख्या २ सय १७ जना पुगेको छ ।

काठमाडौ र भक्तपुरमा समेत संक्रमितको संख्या बढेपछि स्थिति अरु गंभीर बनेको छ । साँझसम्म एकैदिन ५७ जनाको नयाँ संक्रमण पुष्टि भई १ सय ९१ जना पुगेकोमा रातिसम्म परीक्षण भएकाहरुको गणना गर्दा २६ जना थपिएको हो ।

नयाँ संक्रमित हुनेहरुमा काठमाडौकी ३३ बर्षीया महिला,भक्तपुरकी २५ बर्षीया महिला र २७ बर्षीय पुरुष, पर्सामा १८ जना, महोत्तरीमा २ जना र धनुषामा २ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here