देशभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

अघिल्लो सातासम्म तीन सयको संख्यामा रहेको संक्रमितको संख्या यस साता ह्वात्तै बढेर एक हजार नाघेको हो ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो विवरण अनुसार झापामा संक्रमितको संख्या एकैदिन २५ जनाले बढेको छ ।

अघिल्लो दिन संक्रमितको संख्या ८ सय ८६ थियो । देशभर एकैदिन संक्रमितको संख्या एक सय १४ ले बढेको छ ।

ललितपुरमा ज्यान गुमाएका समेत गरी अहिलेसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ५ छ ।

राजधानी काठमाडौ र पहाडी जिल्लाहरुमा समेत सक्रमण बढे पनि तराईका जिल्ला र सदुरपश्चिममा बढी खतरा छ ।

संक्रमितको संख्यामा तीब्र बद्धि हुँदै गर्दा अस्पतालहरुमा चाप परेर गएको छ । भारतबाट आएकाहरुमा संक्रमण देखिएकाले स्वास्थ्य अबस्था कमजोर र दीर्घ रोगीहरुमा संक्रमण फैलिएमा अबस्था विकराल हुनसक्छ ।  गंभीर अबस्थाका बिरामीहरुको संख्या बढेमा आईसीयु र भेन्टिलेटरको धेरै आबश्यकता पर्ने हुँदा सरकारले रातारात तयारी बढाउनु पर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here