कोरोना संकट गहिरिदै जाँदा त्यसलाई नियन्त्रण गर्ने स्वास्थ्य मन्त्रालयको नालायकी  उजागर हुने क्रम पनि बढेको छ ।

जेठ ३ गते मन्त्रालयले “चितवन गडौली – १  निवासी २५ बर्षीया महिला” संक्रमित भएको भन्दै पत्रकार सम्मेलन र प्रेस विज्ञप्तिमार्फत विवरण सार्वजनिक गर्यो । त्यस सूचनाले चितवनबासीहरु त्रसित बनेर सोधखोज गर्न थाले । ” चितवन गडौली -१” भन्ने कुनै ठाउँ थिएन ।

पहिलेको पिप्ले गाउँ बिकास समितिको वडा नम्बर ७ र हालको राप्ति नगरपालिका वडा नम्बर २ भन्ने ठाउँ नै गडौली हो । मन्त्रालयको अन्योलपूर्ण सूचनाले नगरपालिका प्रमुख प्रभा बराललाई चिन्ता मात्रै बढाएन, जनतामा फैलिएको त्रास हटाउँन सत्य पत्ता लगाएर प्रेस बक्तब्य नै जारी गर्नु पर्यो ।

वास्तवमा गडौली स्थायी ठेगाना भएकी ती महिला काठमाडौ बस्दै आएकी थिईन र उनलाई काठमाडौ बस्दा नै संक्रमण भएको पुष्टि भएको थियो । लामो समयदेखि उनी चितवन गएकी नै थिईनन् । स्वास्थ्य मन्त्रालयको बक्तब्यले चितवनमा अन्योल सिर्जना गर्यो र त्रास बढायो तर काठमाडौमा उनी बसेको ठाउँका मानिसहरु सचेत हुन पाएनन् ।

स्वास्थ्य मन्त्रालयले फेरि जेठ ६ गते मंगलबार २७ जना थप संंक्रमित फेला परेको भन्दै त्यस मध्येका एक जना लमजुङ निवासी भएको जनायो । मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले लमजुङका पनि संक्रमित फेला परेको भन्दै जानकारी दिए पछि लमजुङका प्रमुख जिल्ला अधिकारी लगायतका स्थानीय जनप्रतिनिधिहरुमा चासो बढ्यो, जनता शसंकित बने तर लामाो समयसम्म संक्रमितका परिवारले पनि कुनै जानकारी पाएनन् ।

जेठ ४ गतेदेखि जिल्ला नै सिल भएको र आठ जनाको पीसीआर परीक्षणका लागि नमूना पोखरा पठाईएको अबस्थामा भ्रमपूर्ण सूचनाले अन्योल बढायो ।

बास्तबमा लमजुङ स्थायी ठेगाना भएका ती संक्रमित ब्यक्ति काठमाडौमा बसोबास गर्दै आएका तीन बर्षीय बालक रहेछन् । उनी पछिल्लो समय धादिड. गएर फर्किएका रहेछन् । मन्त्रालयले सही जानकारी नदिदा काठमाडौ वनस्थली र धादिड.का बासिन्दाले सचेत हुन पाएनन् भने लमजुङमा बेकारको त्रास फैैलियो ।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन र प्रेस बिज्ञप्ति झारा टराईको मात्रै छैन, नचाहिँदो किसिमले आतंक मच्चाउने खालको पनि छ । सही सूचना नदिएर संख्या गणना गर्ने परिपार्टीले सर्बसाधारणमा अन्योल धेरै बढाएको छ ।

सही सूचना नदिई भ्रमपूर्ण पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयले सर्वसाधारणमा एलटै आतंक फैलाउने काम गरेको छ, जुन तत्काल सुधार्नु आवश्यक छ ।

नमूना संकलन गर्दा नै स्थायी ठेगाना र हाल बसोबास गरिरहेको ठेगाना स्पष्ट रुपमा उल्लेख गरी सोही ब्यहोरा मन्त्रालयले सूचनामा उल्लेख गर्दा सर्बसाधारण जनता सुसुचित हुने थिए ।

उसले दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने यस्ता भ्रमणपूर्ण कुराहरु प्रचार गर्नुको बदला बेलुका ८ बजे सबै कुरा समेटिएको र बस्तुपरक कुराहरु पस्कने गरी पत्रकार सम्मेलन गरेमा जनता सही अर्थमा सूसुचित हुने थिए किनभने कतिपय परीक्षणका रिपोर्टहरु साँझपख आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here