धनकुटामा मुख्य कार्यलय रहेको गुँरास लघुवित्तले साढे २ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले १ सय रुपौयाँ अंकित दरका साढे २ लाख कित्ता आइपीओ निष्काशन गर्न गत मंगलबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आइपीओ निश्कासनको माग गर्दै पुस १० गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

हाल ५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तले हाल १० जिल्लामा २३ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here