गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले फागुन २२ गते बिहीबार इन्स्योरेन्सले जारी गर्न लागेको १ बराबर १ अनुपातमा हकप्रदमा शेयरमूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

बुधबार प्रतिकित्ता ८४० रुपैयाँमा किनबेच भएको  इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ४७० रुपैयाँ कायम गरेको छ ।

कम्पनीले हाल चुक्ता पूँजीको शत प्रतिशत अर्थात ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर बिक्री गरी बाँकी रकमको बोनस शेयर जारी गरेर चुक्ता पूँजी दुई अर्ब कायम गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here