गुराँस लघुवित्तको मंगलबार देखि दोस्रो बजारमा शेयर कारोबार खुल्ला भएको छ। नेपाल स्टक एक्सचेञ्जले सोबार कम्पनीको ७ लाख ७५ हजार कित्ता शेयर सुचिकरण गथरेसंगै मंगलबारबाट शेयर कारोबार खुलेको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि जीएलबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७२ पैसादेखि अधिकतम २७८ रुपैयाँ १६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले बैशाख १६ गते २० गतेसम्म सर्बसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता आइपीओ बिक्री गरी बैशाख २६ गते बाँडफाँड गरेको थियो ।

लघुवित्तले सार्बजानिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५२ लाख ३२ हजार रुपैयाँ राखेको छ ।

धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्तले पूर्वका १० जिल्लामा आफ्नो २२ वटा शाखा कार्यालयमार्फत वित्तिय सेवा प्रदान गर्दे आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here