धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्तले बैशाख १६ गते सोमबारदेखि साढे २ लाख कित्ता आइपीओ बिक्री शुरु गरेको छ ।

लघुवित्तले एनआईबिएल एस क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरका २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । कूल निष्काशनमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई १२ हजार ५०० कित्ता छुट्टाइएको छ भने दुई लाख ३३ हजार ६२५ कित्ता आइपीओमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन ।

लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन । आइपीओमा आवेदन गर्न चाहानेले मेरो शेयर तथा सि आश्वामार्फत बैशाख २० गते सम्म आवेदन गर्न पाउनेछन भने सो अवधिमा सबै शेयर खरीदको लागि आवेदन नपरेमा लगानीकर्ताले जेठ १४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

लघुवित्तले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट चैत २६ गते अनुमति पाएको थियो । कम्पनीले पूर्वका १० जिल्लामा आफ्नो २२ वटा शाखा कार्यालयमार्फत वित्तिय सेवा प्रदान गर्दे आइरहेको छ ।

लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।

लघुवित्तले सार्बजानिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५२ लाख ३२ हजार रुपैयाँ राखेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here