गुराँस लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको आइपीओ समेत गरी ७ लाख ७५ हजार कित्ता साधारण शेयर नेप्सेमा सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सोमबार कम्पनीको साधारण शेयर सुचिकरण गरेसंगै अब मंगलबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरीद बिक्री गर्न मिल्ने भएको छ ।

कम्पनीले बैशाख १६ गते २० गतेसम्म सर्बसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता आइपीओ बिक्री गरेको थियो ।

लघुवित्तले सार्बजानिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५२ लाख ३२ हजार रुपैयाँ राखेको छ ।

धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्तले पूर्वका १० जिल्लामा आफ्नो २२ वटा शाखा कार्यालयमार्फत वित्तिय सेवा प्रदान गर्दे आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here