गुराँस लाईफले निष्काशन गर्ने शतप्रतिशत हकप्रदको निष्काशन मिति तय भएको छ ।

धितोपत्र बोर्डबाट गत माघ २१ गते अनुमति पाए पश्चात इन्स्योरेन्सलको १०० प्रतिशत हकप्रदमा फागुन २१ गतेसम्म शेयरधनी बनेकाहरुलाई चैत २० गतेबाट आवेदन दिन मिल्ने भएको छ । कम्पनीले १ बराबर १ कित्ताको अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। उक्त हकप्रदमा चैत २० गतेबाट २०७७ बैशाख १० गतेसम्म आवेदन गर्न सकिनेछ।

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार बुकक्लोज गरेको थियो तसर्थ फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको सो हकप्रदमा एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिने सकिने छ ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here