गुराँस लाईफ इन्स्युरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रयोजनका लागि फागनु २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बोर्डले यो कम्पनीलाई १ः१ को अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ यहि चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद ल्याउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here