चुक्ता पूंजीको ५० प्रतिशत हकप्रद निश्कासन गरेको गुराँस लाईफ ईन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन हो । गत चैत २८ गतेदेखि विक्री खुला गरिएको हकप्रदको आवेदन आज बैंकिङ समयपछि बन्द हुने विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

चैत ५ गतेसम्म शेयर खरिद गरेका शेयर धनीहरु यो हकप्रद भर्न योग्य रहेका छन् । कम्पनीले ५९ करोड ४० लाख चुक्ता पूंजीको आधारमा त्यसको ५० प्रतिशत अर्थात २९ करोड ६० रुपैयाँ बराबरको २९ लाख ६० हजार कित्ता शेयर विक्री गरिरहेको हो ।

वीमा समितिले जीवन वीमा कम्पनीहरुका लागि तोकेको न्युनतम् २ अर्ब रुपैयाँको चुक्ता पूंजी पुर्याउन गुराँस लाईफले हकप्रद र बोनस शेयरको सहारा लिएको छ । ५९ करोड ४० लाख चुक्ता पूंजीको आधारमा ८ प्रतिशत बोनस शेयर पनि चालु आर्थिक बर्षमा वितरण गरिसकेको छ । जसबाट कम्पनीको चुक्ता पूंजी ६४ करोड १५ लाख पुगिसकेको छ । हाल विक्री भईरहेको हकप्रद समायोजनपछि चुक्ता पूंजी ९३ करोड ८५ लाख रुपैयाँ पुग्ने छ ।

गत चैत २१ गते सम्पन्न कम्पनीको ९औं साधारण सभाले ९३ करोड ८५ लाख चुक्ता पूंजीको आधारमा १ बराबर १ हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ । त्यसपछि पनि कम्पनीको चुक्ता पूंजी १ अर्ब ८७ करोड मात्रै पुग्ने छ । बाँकी पूंजी जुटाउन चालु आर्थिक बर्षको कमाईबाट बोनस शेयर दिने योजनामा कम्पनी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here