नवलपुर ( नवलपरासी पूर्व ) को गैंडाकोटमा प्रधान कार्यालय रहेको ईन्फििनिटी लघुवित्त वित्तीय संस्थाले ६ करोड ७४ रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता साधारण शेयरको विक्री आजदेखि खुलाएको छ । यही जेठ १६ गतेसम्म यस आइपीओमा आवेदन गर्न सकिने छ ।

निस्कासित कित्ता मध्ये ३३ हजार ७ सय सामूहिक लगानी कोषहरुका लागि र १० हजार ३७० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । ईक्रा नेपालले यस आइपीओलाई ग्रेड फोर रेटिङ गरेको छ ।

यस लघुवित्तको आइपीओमा लगानी गर्न चाहनेहरुले कम्तिमा १० कित्ता बढीमा ३३७० कित्तासम्म आवेदन दिनसक्ने र सी आश्वा मार्फत आवेदन दिन सकिने विक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

हाल १४ करोड चुक्ता पूंजी रहेको यस लघुवित्तको आइपीओ विक्रीपछि चुक्ता पूंजी २० करोड ७४ लाख पुग्ने छ । गत चैतसम्ममा कम्पनीले २ करोड १९ लाख रुपैयाँ खुदनाफा कमाएको छ भने प्रति शेयर आम्दानी १८ रुपैयाँ ९७ पैसा रहेको देखिन्छ । हाल २० वटा जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको ईन्फििनिटी राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here