ग्रामीण विकास लघुवित्तको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला भएको छ ।

कम्पनीले शुक्रबारदेखि दुई बराबर एक शेयरको अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो ।

हकप्रद निष्काशनका लागि लघुवित्तले चैत २९ गते बुकक्लोज गरिसकेको छ । त्यस अनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले मात्रै जेठ ३० गते सम्म हकप्रदमा आवेदन दिन पाउनेछ ।

कम्पनीको हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्रामिण विकास लघुवित्त तथा मेरो शेयरबाट पनि आवेदन गर्न पाउने छन ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद बिक्रीपछि चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा कायम गरेको छ ।

एभरेष्ट इन्स्योरेन्सको जेठ १४ गतेबाट खुल्ने

त्यस्तै एभरेष्ट इन्स्योरेन्सले जेठ १४ गतेदेखि चुक्ता पुँजीको ३०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक बराबर तीन शेयरको अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हाल २७ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले हकप्रद बेचेर बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने भएको छ ।

कम्पनीले यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो । अब इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद बेचेर चुक्ता पँुजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुर्याउने भएको छ ।

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, एभरेष्ट इन्स्योरेन्स तथा मेरो शेयरबाट असार १६ गतेसम्म आवेदन गर्न सकिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here