देशको सबैभन्दा ठूलो बाणिज्य बैंक ग्लाबेल आईएमईको शेयर कारोबार माघ ६ गते सोमबारदेखि खुल्ने भएको छ ।

नेप्सेले आईतबार अबेर ग्लोबलको शेयरको पहिलो कारोबारको ओपनिङ रेन्ज सार्वजनिक गरेकाले सोमबारदेखि कारोबार खुल्ने भएको हो ।

जनता बैंकलाई आफुमा गाभेर गत मंसिर २० गते देखि संयुक्त कारोबार थालेको ग्लोबलको शेयर कारोबार डेढ महिना ढिलो खुलेको हो ।

नेप्सेले ग्लोबलको पहिलो कारोबारका लागि प्रतिकित्ता मूल्य २ सय ५२ रुपैयाँ ४७ पैसा तोकेको छ ।

नेप्सेले जनता बैंकलाई दिईएको ८५ प्रतिशत स्वाप अनुसार ग्लोबलको नाममा परिवर्तन गरेर शेयर सूचीकरण भएको सूचना गत बुधबार नै जारी गरेको भए पनि प्रक्रियागत कारण आइृतबार मात्र शेयर कारोबार सोमबारबाट मात्र खुल्ने भएको हो ।

उसको शेयर कारोबार जनतासँग मर्जरमा जाने सम्झौतासँगै २९५ रुपैयाँमा बन्द भएको थियो ।

जनतालाई गाभेपछि ग्लोबलको चुक्ता पूँजी १९ अर्ब पुगेको छ । निक्षेप, कर्जा र अन्य आधारभुत अबस्था हेर्दा ग्लोबल देशको सबैभन्दा ठूलो बाणिज्य बैंकको रुपमा दरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here