कन्चनपुरमा मुख्य कार्यालय रहेको घोडाघोडी लघुवित्त तत्काल मर्जरमा नजाने भएको छ ।

पुस २६ गते भएको कम्पनीको चौथो साधारणसभामा अन्य लघुवित्तसँग मर्जरमा जाने प्रस्ताबमा छलफल हुँदा अधिकांश शेयरधनीले अश्वीकार गरेपछि तत्काल मर्जरको संभावना टरेको हो ।

लघुवित्तका प्रमुख कार्यकारी कुन्ना नारयाण चौधरीले साधारणसभामा मर्जरको बारेमा छलफल भए पनि बहुमतले आफै सक्षम भएर अगाडि बढ्ने र तत्काल मर्जरमा नजाने बारेमा मत दिएको बताए ।

साधारणसभाले आफैले पूँजीबृद्धि गरी अगाडि बढ्न २० प्रतिशत हकप्रदल बिक्री गर्ने र कम्पनीलाई सुदुर पश्चिम प्रदेशस्तरीय बनाउने निर्णय लिएको चौधरीले बताए । हाल संस्थाको कार्य क्षेत्र १० जिल्ला रहेको छ ।

साधारण सभाले नयाँ संचालक समितिको पनि चयन गरेको छ । त्यसमा संस्थापकबाट प्रभातकुमार चौधरी, पिंगला थारु, पुरन प्रसाद चौधरी र सर्बसाधारणबाट नेत्रबहादुर चन्द चुनिएका छन् । सर्बसाधारण तर्फबाट दुई जनाको उम्मेदवारी पर्नु पर्नेमा एक जनाको मात्रै नाम दर्ता हुन आएकाले एक संचालक रिक्त भएको छ ।

संचालक बन्न आबश्यक योग्यता पुगेका सर्बसाधारण शेयरधनी उपस्थित नभएकाले एक संचालक पद रिक्त भएको छ ।

दुई करोड ७५ लाख चुक्ता पूँजी रहेको कम्पनीले सर्बसाधारणमा एक लाख ३४ हजार कित्ता शेयर बिक्री गरेको छ । कम्पनीको गत बर्षको आयबाट कुनै लाभांश वितरण गर्न सकेन भने यस बर्षको पहिलो त्रैमासमा २४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । उसको प्रतिशेयर आम्दानी ऋणात्मक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here